Logo

आयो क्लासिकटेकको “तूफान”



काठमाडौं, १८ बैशाख । नेपालको अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक संस्था क्लासिकटेकले आफ्नो तूफान अफर सार्वजनिक गरेको छ। कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राही को आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो। घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी ” तूफान” अफर सार्बजनिक गरेको हो।

उक्त अफरमा सेवाग्राहीले ५० Mbps देखि १०० Mbps सम्मको हाइ स्पिड ईन्टरनेट र फ्री IPTV पनि पाउनेछन्। उक्त तूफान अफरमा ५० Mbps अन्तर्गत प्रती महिना रु.१,२५० को दरमा १ बर्षको लागि रु.१५,००० रुपैयाँ (भ्याट बाहेक) जसमा २ IPTV नि:शुल्क हेर्न पाइनेछ तथा ८० Mbps अन्तर्गत ३ IPTV सम्म प्रति महिना रु.१,४०० का दरले रु.१६,८०० र १०० Mbps अन्तर्गत ३ IPTV सम्म प्रती महिना रु. १,८०० को दरले रु.२१,६०० मा जडान गर्न सकिने जनाएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ–क्लासिकटेकको इन्टरनेट संग IPTV को ५० भन्दाबढी HD च्यानलहरु र १०० SD च्यानलहरु नि:शुल्क हेर्न पाउनुहुने छ। साथै सबै पुरानो तथा नयाँ टि.भी मा पनि Youtube हेर्न पाउनु हुनेछ। यति मात्र नभइ कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्ज अन्तर्गत तूफान रिचार्ज अफर प्याकेज पनि सार्बजनिक गरेको छ। जस अन्तर्गत पुरानो ग्राहकहरु ले कुनै पनि प्याकेज तूफान ५० Mbps, तूफान ८० Mbps र तूफान १०० Mbps मा रिचार्ज गर्न पाउनु हुनेछ। ३०% सम्म क्यास डिस्काउन्ट प्राप्त गरी रु. १०,४५८ बाचाउनु हुनेछ भने २ महिना बोनस पनि प्राप्त गर्नु हुनेछ। । साथै अन्य प्याकेज अफरहरु का लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्न सक्ने बताएको छ।’

कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीका अनुसार इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्राविधि IPV6 मोडेलमा बिस्तार गराउन सफल क्लासिकटेक ईन्टरनेट कम्पनी भरपर्दो र गुणस्तरीय रहेको र यसै अनुसार सेवा दिइदै आएको बताए। ठुलो नेट्वोर्क रहेको क्लासिकटेकले १०३ वटा शाखा बिस्तार गरि सेवा प्रबाह गरिरहेको जानकारी दिए



प्रतिक्रिया दिनुहोस्