Logo

बर्दाघाटका सङ्क्रमितको भरतपुरमा मृत्यु



चितवन, १८ वैशाख: भरतपुर अस्पतालमा उपचाररत बर्दाघाटका कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दाघाट नगरपालिका–७ का ४१ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका अनुसार फोक्सोसम्बन्धी समस्या भई वैशाख १६ गते अस्पतालमा भर्ना भएका उनको आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो १ बजे मृत्यु भएको हो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्