Logo

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने



काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुने भएको छ । आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।

पोखरेलविरुद्ध काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहले समिकरण बनाएको छ । त्यहाँको जसपाका ४ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकोमा पछि मन्त्री बनेका थिए । उनीहरुको सांसद पद खारेज भइसकेको छ । यसबारे विवाद छ ।

गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए।

कुल ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार सञ्चालनका लागि ४४ जना सांसद आवश्यक पर्छ। जसपाले चार जना सांसद कारवाही गरेपछि यो संख्या घट्न सक्छ। घटेमा ४२ सांसद संख्या भए पुग्छ ।

प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्। जसपाका ४ सांसद पदमुक्त सदर भएमा २ सांसद मात्र बाँकी रहनेछन् ।



प्रतिक्रिया दिनुहोस्