Logo

नेपालमा कोरोना निको हुने दर ८५ दशमलव ९ प्रतिशत



काठमाडौं, १९ बैशाख । नेपालमा कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै छ । संक्रमण नियन्त्रणको लागि सरकारले बैशाख १६ गतेबाट काठमाडौं उपत्यका लगाएतका केही स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपनि संक्रमणदर उच्च छ । शनिबार मात्रै ५ हजार ७ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म २४ लाख ८८ हजार ३ सय ५९ जनाको पिसीआर परिक्षणबाट ३ लाख २८ हजार ८ सय ९३ जना संक्रमित भएका छन् । कुल संक्रमित मध्ये २ लाख ८२ हजार ३ सय ८२ जनालाई निको भईसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । यो निको भएको दर ८५.९ प्रतिशत हो ।

त्यसैगरी, मन्त्रालयको अनुसार हाल ४३ हजार २ सय १२ जना संक्रमितको उपचार भैरहेको छ । २४ घन्टामा १९ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ९८ पुगेको छ । यसैगरी, देशभर ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्