Logo

लुम्बिनीको राजनीति रोचक मोडमा, बिमला वलीले साथ छाडेपछि एमाले पनि प्रदेशसभामा अल्पमतमा



काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा दाङको प्रदेश सभा ३ २ बाट प्रत्यक्ष निर्वाचित विमला वलीले चालेको कदमसँगै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल अप्ठ्यारोमा परेका छन् । वलीले साथ छाडेर माओवादी केन्द्रमै लागेपछि पोखरेल अल्पमतमा परेका हुन् ।

अब कुल सदस्य संख्या ८० रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४० सदस्य छन् । यसले पोखरेल पनि अल्पमतमा परेका छन् ।

यसअघि दाङ ३ २ बाट उत्तरकुमार वली विजयी भएकामा उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनमा विमला वलीले चुनाव जितेकी थिइन् । तर, नेकपा विभाजित हुँदा उनी एमालेमै रहिन् । माओवादी केन्द्रले उनलाई कुनै कारबाही गरेको थिएन ।



प्रतिक्रिया दिनुहोस्