Logo

मन्त्रिपरिषद बैठक सम्पन्न, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने



काठमाडौं, १९ बैशाख । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसको मत लिने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री अ‍ोली यो निर्णयमा पुगेका हुन् । बालुवाटारनिकट स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने बताएका थिए ।

मन्त्रिपरिषद बैठक बस्नुअघि एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बसेको थियो । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्