Logo

सशस्त्रमा डीआईजीसहित १०५ उच्च पद रिक्त



काठमाडौं, बैशाख २०। सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त रहेको हो ।

ठूलो संख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर असर परेको भन्दै सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया अगाडि बढाउन थालेको छ । सशस्त्रका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एक वर्ष पदावधि थपसँगै सशस्त्र मुख्यालयले अन्य पदमा बढुवा प्रक्रिया अगाडि बढाउन लागेको हो । एक साताअघि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुुई एआईजीको म्याद थप गरेको थियो ।

हाल रिक्त दुुई डीआईजी पदमा एसएसपी कालिदाज धौबजी, कुमार न्यौपाने र विदुर खड्काको दाबेदारी रहेको छ । उनीहरु तीनै जना नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक ९सई० मा प्रवेश गरेका थिए । धौबजी २५ असोज २०५२ मा, न्यौपाने १ फागुन २०५२ र खड्का १ भदौ २०५० मा सईमा प्रवेश गरेका थिए ।

यी तीन जनामध्ये धौबजी र न्यौपाने २० असोज २०७५ र खड्का ७ वैशाख २०७७ मा एसएसपी बनेका थिए ।

यसअघि डीआईजी बढुवा गर्दा सात पद रिक्त रहेपनि ६ जनालाई मात्र गरिएको थियो । पछिल्लो पटक प्रजाभक्त श्रेष्ठ उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि डीआईजीको दुई पद रिक्त रहेको हो ।

एसएसपीको आठ ओटा पदमा भने कायम मुकायम (कामु) को रुपमा बढुवा गरिने छ । यसअघि सिसं १ का नौ जनालाई दुई पटक गरी कामुका रुपमा बढुवा गरिसकिएको छ ।

अब नेपाल प्रहरीमा २२ पुस २०५५ मा प्राविधिकरुपमा सईमा प्रवेश गरेका प्रविण कँडेल र सिसं २ का सात जना बढुवामा पर्नेछन् । एसपी भएको चार वर्ष नकटेकाले उनीहरुलाई क्रमागतरुपमा कामुको जिम्मेवारी दिन लागिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्