Logo

एकैदिन ७ हजार २ सय ११ मा कोरोना



काठमाडौं, बैशाख २०। देशभर आइतबार कोरोना संक्रमित संख्या ७ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार १६ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गरिएको छ । १६ हजार १ सय ४७ जनाको पीसीआर गर्दा ७ हजार १ सय ३७ र ६ सय २३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो । हाल, देशभर ६७ संक्रमित क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ डिस्चार्ज भएका छन् ।

यसैबीच, देशभर ६ सय ८ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ७७ जना आईसीयू र १ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर रहेका ४८ हजार ७ सय ११ सक्रिय संक्रमित छन् । प्रदेशअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा छन् । बाग्मतीमा आईसीयूमा २ सय ५४ र भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन् ।

प्रदेश १ मा ५४ जना आईसीयू र १४ जना भेन्टिलेटर, प्रदेश २ मा २४ जना आईसीयू र दुई भेन्टिलेटर, गण्डकी प्रदेशमा पाँच जना आईसीयू र एक भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २१ जना भेन्टिलेटर, कर्णाली प्रदेशमा ३३ जना आईसीयू र सात भेन्टिलेटर तथा सुदुरपश्चिम प्रदेशमा ३० आईसीयू र नौ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्