Logo

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण



बनेपा, २० वैशाख: नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र रेडियो टेलिभिजन प्रसारक मञ्चको सहयोगमा महासङ्घले कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि फिल्डमा खटेर काम गर्ने पत्रकारलाई सहयोगस्वरुप मास्क, स्यानिटाइजर, फेसशिल्ड, ग्लोब्सलगायतका सामग्री वितरण गरेको हो ।

प्राप्त सामग्री जिल्लामा प्रकाशित पत्रपत्रिका, रेडियो स्टेशन, अनलाइन सञ्चार गृहलगायतमा क्रियाशील सञ्चारकर्मीलाई सो सामग्री उपलब्ध गराइएको हो । संसारभर मनाइने प्रेस स्वतन्त्रता दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न नमिले पनि कोभिडको महामारीका बेला पत्रकारलाई सुरक्षित तरिकाले कार्यक्षेत्रमा खटिन तथा समाचार सङ्कलन कार्यमा लाग्न हौसलास्वरुप स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष तिमल्सिनाले बताउए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्