Logo

कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्यमन्त्री त्रिपाठी सक्रिय, खोप ल्याउनेदेखि काठमाडौंमा थप ३५० बेड थप्ने



काठमाडौं, २० बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले आफ्नो तर्फबाट ईमानदारिताका साथ जिम्मेवारी बहन गरेको दाबी गर्दै आएका छन् । उनले सरकारले नागरिकको उपचारबाट हातखुट्टा नउचालेको पनि दाबी गरेका छन् । हालै मन्त्रालयको आधिकारिक फेशबुक पेजमार्फत मन्त्री त्रिपाठीले भिडिओ सन्देश जारी गर्दैै नागरिकको उपचारमा सरकारले हात नझिक्ने बताएका हुन् ।

काठमाडौं उपत्यकालगायत देशैभरि शैय्या थप्नेबारे पनि मन्त्री त्रिपाठीले तयारी थालिसकेका छन् । यसअघि एक हजार बेड थपिएको र अब तीन सय ५० बेड थप्ने तयारी थालेका छन् । आजमात्रै यो विषयमा मन्त्री त्रिपाठीले डा. भगवान कोइराला, डा. लोचन कार्कीलगायतसँग छलफल गरेका थिए । सरकारले औषधोपचारको राम्रो व्यवस्था गर्नेगरि तयारी थालेको बताईएको छ । पछिल्लो समय दैनिक ७ हजार भन्दा बढि संक्रमित थपिएपछि नेपालपनि भारतको जस्तो भयावह अवस्थामा जानसक्ने खतरा औंल्याईएको छ ।

अस्पतालमा बेडको अभाव भएको र सडकमै उपचार गरिएका दृश्यहरु देखिन थालेका छन् । सरकारले द्रुत गतिमा उपचारको लागि प्रवन्ध गरिरहेको छ । खोप पनि अमेरिका र रुसबाट छिट्टै ल्याउने तयारी छ । यसअघि भारत र चीनबाट खोप आईसकेका छन् । भारत र चीनबाट पनि प्रतिबद्धता जनाएअनुसार थप खोप पनि आउने बताईएको छ । र, नेपाल सरकारले सबै नागरिकलाई खोप लगाउने वातावरण बनाउनेगरि खोप किन्ने तयारी पनि सरकारले अघि बढाएको छ ।

यो बीचमा मन्त्री त्रिपाठीले नेपालका लागि अमेरिकी राजदूतसँग पनि खोप ल्याउनेबारे छलफल गरेका छन् । त्यस्तै, रुसबाट पनि खोपा छिट्टै ल्याउने तयारी भएको उनले जानकारी दिए । यसको लागि उनले रुसी स्वास्थ्य मन्त्रालयसँग पत्राचार भैसकेको छ । नेपालमा भ्याक्सिन पठाउनको लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सकारात्मक छन् । हालै रुसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ । रुसबाट ८० लाख डोज (स्पुत्निक भि) भ्याक्सिन ल्याउने सरकारको तयारी छ । file photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्