Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, २० बैशाख । साताको कारोबारको तेस्रो दिन आज १२ दशमलव ३५ अंकले घट्दा पनि केही कम्पनीको शेयरमुल्य भने सर्वाधिक बढेका छन् ।

आज नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सबैभन्दा बढी ९.९९ प्रतिशत सर्किट लागेको छ । संस्थाको ३३६ रुपैयाँले बढेर प्रतिशेयर मुल्य ३७ सय रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, विशाल बजार कम्पनीको पनि ९ ९९ प्रतिशतले सर्किट लागेको छ । कम्पनीको ५६० रुपैयाँले बढेर ६१ सय ६८ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यसैगरी, आज महिला लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो इनर्जी कम्पनी, ङादी गु्रप पावर लिमिटेड, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, रुरु जलविद्यूत परियोजना र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्किट लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्