Logo

‘स्वास्थ्यकर्मी र चिकित्सकलाई ५० प्रतिशत भत्ताको व्यवस्था ’



काठमाडौं, २० बैशाख । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कोभिडका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, चालक, सफाई कर्मचारीलाई आधारभुत तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गर्ने प्रतिवद्वता गरेका छन् ।

उनले कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्