Logo

कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन दिने व्यक्ति प्रहरीद्वारा पक्राउ



काठमाडौं, बैशाख २१ । भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुरको एउटा सरकारी अस्पतालबाहिर अक्सिजन अभावमा तड्पिरहेका बिरामीहरूलाई आफ्नो एम्बुलेन्सबाट अक्सिजन दिने युवकविरुद्ध स्थानीय प्रशासनले उजुरी दर्ता गरेको छ।

उक्त कदमलाई कैयौँले अरूलाई सहायता गर्न चाहने मानिसलाई प्रशासनले अवरोध गर्न खोजेको रूपमा हेरिरहेका छन्। ती युवकले अस्पतालबाहिर ूअव्यवस्था उत्पन्न गरेको र स्वास्थ्यकर्मीलाई समस्या भएकोू प्रशासनको तर्क छ।

जौनपुर जिल्लाका प्रमुख अधिकारी मनीष वर्माका अनुसार अहिले ती युवकविरुद्ध कुनै कारबाही गरिएको छैन, एडीएमको समूहले पूरै मामिलाबारे जाँच गरिरहेको छ। प्रशासनको उद्देश्य कसैलाई बिनाकारण दण्डित गर्नु नरहेको समेत उनको भनाई छ ।
जौनपुर कोतवालीमा विक्की अग्रहरि नामका ती युवकविरुद्ध महामारी ऐनको दफा ३ र भारतीय दण्डसंहिताको दफा १८८ तथा २६९ अनुसार जाहेरी दर्ता गरिएको छ।

यो जाहेरी जौनपुरका मुख्य चिकित्सा अधीक्षक (सीएमओ) को उजुरीका आधारमा दर्ता गरिएको हो। विक्की अग्रहरिले भने, ूआफुले बिरामीहरू अक्सिजन नभएर तड्पिरहेको देख्न नसकेको र आफ्नै एम्बुलेन्सबाट सिलिन्डर निकालेर अक्सिजन दिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्