Logo

निषेधाज्ञाको असर तरकारीमा, सुस्त गतिले मुल्य बढ्दै



काठमाडौं, २१ बैशाख । नेपालमा कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । सोमबारमात्र ७ हजार ४४८ जना कोरोना संक्रमित थपिएपछि थप संकट देखिएको हो ।

निषेधाज्ञाको असर अत्यावश्यक वस्तुहरुमा पर्दै गएको कारण उपभोक्ताहरु मारमा पर्ने देखिन्छ । कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समितिको अनुसार आज अंगुरको मुल्य प्रतिकेजी ३० रुपैयाँले बढेर २५० रुपैया पुगेको छ । त्यस्तै, सोमबार २६० रुपैयाँमा किनबेच भएको अनारको मुल्य आज ३० रुपैयाँले बढेर २९० रुपैयाँमा खरिद विक्रि भएको छ ।

यसैगरी, काक्रोको मुल्य प्रतिकेजी ५० रुपैयाँ, कागती प्रतिकेजी २५०, केरा दर्जनको ११०, सुकेको खुर्सानी ३४०, कुरीलो ६ सय रुपैयाँ रहेको छ । गोलभेडा सानो १५ रुपैयाँ प्रतिकेजी, गाजर ६० रुपैयाँ, घिउ सिमी ५० रुपैयाँ र घिरौला ३० रुपैयाँ रहेको समितिले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्