Logo

नेपालमा २ लाख ८६ हजार संक्रमणमुक्त, उपचाररत कति ?



काठमाडौं, २१ बैशाख । नेपालमा हालसम्म २५ लाख २१ हजार १६४ पिसीआर परिक्षण गर्दा ३ लाख ४३ हजार ४१८ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ८६ हजार १५ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार मात्रै २ हजार २१ जना संक्रमणमुक्त भएका छन् । यो निको भएको दर ८३ दशमलव ३ प्रतिशत हो । ५४ हजार ४१ जना संक्रमितको उपचार भैरहेको छ भने २ सय १२ जनाको क्वारेन्टाइनमा बसेका छन् ।

पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । हालसम्म नेपालमा ३ हजार ३ सय ६२ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । सोमबार मात्रै ३७ जना संक्रमितको निधन भएको हो । मन्त्रालयको अनुसार १७ हजार १७६ पिसीआर परिक्षणमा हिजो एकैदिन ७४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्