Logo

प्रधानमन्त्री ओलीलाई हटाउन बहुमत पुगिसक्यो, अब प्रक्रिया अघि बढ्छ : देवेन्द्र पौडेल (भिडिओसहित)



काठमाडौं, २२ बैशाख । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेले प्रधानमन्त्री केपी शर्मा ओली फेरि पनि संसद भंग गर्न खोजेको टिप्पणी गरेका छन् । यही बैशाख २७ गते विश्वासको मत लिने भनेर बोलाईएको संसदको अधिवेशनलाई षड्यन्त्र भनेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले गलत काम गरिरहेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्नको लागि मात्रै माओवादीसँग एकता गरेको भन्ने कुरा पछिल्लो घट्नाक्रमले पुष्टि गरेको पनि उनको दाबी थियो । उनले प्रधानमन्त्री ओली कुनैपनि हालतमा सफल नभएको पनि जिकिर गरे । उनले प्रधानमन्त्री ओली अहिलेपनि सदनमा अल्पमतमा रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्