काठमाडौं, २२ बैशाख । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न बैशाख २९ गते बुक क्लोज गर्ने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा सस्थाले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रि गर्न लागेको हो ।
कम्पनीको अनुसार बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउने भएका छन् । हकप्रद शेयर निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई कम्पनीले नियुक्त गरेको छ ।