काठमाडौं, २२ बैशाख । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा आजसम्म कायम भएका शेयरधनीहरुले मात्र लाभांश पाउने भएका छन् । संस्थाले साधारण सभा र लाभांश वितरणको लागि बैशाख २३ (भोली) देखि बुकक्लोज गर्ने भएको छ ।
आजसम्म कायम भएका शेयरधनीहरुले मात्र संस्थाको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको बैशाख ३० गते हुने सभाले गत वर्षको मुनाफाबाट ४९ दशमलव ४० प्रतिशत र २ दशमलव ६० प्रतिशत नगद वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको छ ।