काठमाडौं, २२ बैशाख । कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह र जसपा उपेन्द्र यादवसहित विपक्षी गठबन्धनले राष्ट्रियसभाको उपनिर्वाचनमा साझा उम्मेदवारका रुपमा सघीयता विज्ञ डा. खिमलाल देवकोटालाई उम्मेद्धवार बनाउने भएका छन् । डा. देवकोटा एमाले नेता माधव कुमार नेपालनिकट मानिन्छन् ।
उता, प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट वर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेद्धवार बनाउने निर्णय गरिसकेका छन् । बादल माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेको थियो । र, संसदबाट हटाएको थियो ।
बाग्मतीमा देवकोटालाई सघाउने निर्णय भैसकेको माओवादी केन्द्रका नेता दिनानाथ शर्माले जानकारी दिएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशको लागि हुने उपचुनावमा कांग्रेस नेतालाई साझा उम्मेद्धवारको रुपमा अघि सार्ने सहमति भएको छ ।