Logo

बैंकको ब्याजदर घट्ने



काठमाडौं, २३ बैक । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश बैकहरुको आधारदर घटेको छ । बैंकहरुको ब्याजदर घट्दा ऋण लिनेहरुको लागि ब्याज सस्तो पर्ने जानकारहरु बताउँछन् । बैंकको आधारदरलाई हेरेर मात्रै पनि ऋण लिन सकिन्छ ।

चालु आव ०७/७८ को तेस्रो मसान्तसम्ममा सबैभन्दा कम स्ट्यान्डर्ड चार्टड बैंकको आधारदर ५ दशमलव ३३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैकको आधारदर ७ दशमलव २७ प्रतिशत थियो । त्यसैगरी, सनराइज बैंकको गत वर्षको यस अवधिमा १० दशमलव २ प्रतिशत आधारदर थियो भने यो वर्ष २ दशमलव ७१ प्रतिशतले घटेर ७ दशमलव २३ प्रतिशत रहेको छ ।

कृषि विकास बैंकको चालु आवमा ७ दशमलव ४८ प्रतिशत आधारदर रहेको छ । गत आवको सोही अवधिमा ९ दशमलव ९७ प्रतिशत आधारदर रहेको थियो ।यो गत वर्षको तुलनामा भने २ दशमलव ४९ प्रतिशतले कम हो । सानिमा बैंकको पनि आधारदर घटेको छ । गत वर्षको आवमा ९ दशमलव २५ प्रतिशत आधारदर रहेको यो चालु आवको सोही अवधिमा ६.२३ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव २ प्रतिशतले कम हो । यसैगरी, एभरेष्ट बैंकको पनि गत वर्षको तुलनमा २ दशमलव २४ प्रतिशले आधारदर घटेको छ । गत वर्ष ८.३४ प्रतिशत आधारदर रहेको यस बैंकको यो चालु आवमा ६.१० प्रतिशत रहेको छ ।

बैंकको ब्याजदरको महत्वपुर्ण आधार नै आधाररेट हो । यसबाट नै बैंक तथा वित्तीय संस्थाको ऋणको ब्याजदर निर्धारण गरिन्छ । बैंकले नाफा घाटा हिसाब निकाल्ने आधार नै आधाररेट (बेस रेट ) हो ।

 

 



प्रतिक्रिया दिनुहोस्