काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । आजमात्रै ओलीले पार्टीको स्थायी कमिटी बैठक राखेका थिए ।
उक्त बैठकमा राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचन र आफूले लिने विश्वासको मतबारे छलफल भएको थियो । लगत्तै, प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
आज साँझ बस्ने मन्त्रिपरिषद बैठकमा के विषयमा छलफल गर्ने भन्नेबारे एजेण्डा तय नभएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । तर, उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक निर्णय हुनसक्ने बताए । File Photo/ReportersNepal