Logo

कोभिड प्रतिकार्यमा खटिन मुख्यमन्त्री शाहीको निर्देशन



कर्णाली, २४ वैशाख: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुगेका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको बताए । जिल्ला अस्पताल सल्यानमा कोभिड बिरामीको अवस्था, भौतिक तथा प्राविधिक जनशक्ति र उपकरणका साथै स्वास्थ्यकर्मीको समस्याबारे उनले जानकारी लिए ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट गर्न सकिने काम जतिसक्दो चाँडो हुने प्रतिबद्धता व्यक्त गरे । सल्यान जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई उनले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए ।- रासस/File Photo



प्रतिक्रिया दिनुहोस्