Logo

१९ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, २५ बैशाख । संघीय संसदका सांसद, कर्मचारी तथा पत्रकारहरुको पिसिआर परीक्षणको नतिजा आएको छ । कोरोना परीक्षण गरिएका २०५ सासंदसहित एक हजार २३५ कर्मचारीमध्ये १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये राष्ट्रियसभाका एक सदस्यसहित १९ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालय स्रोतले जनाएको छ ।

परीक्षण गरिएकामध्ये एकजनाको भने रिपोर्ट आउन बाँकी छ । यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । बैठक बस्नुभन्दा अघि दुवै सदनका सांसदहरु, कर्मचारी र पत्रकारहरुको पिसिआर परीक्षण गरिएको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्