Logo

देउवा नेतृत्वको बहुमतको सरकार निर्माणको अग्रिम तयारी



काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ । नेकपा एमालेका २१ प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने भएपछि उनले विश्वासको मत पाउनसक्ने सम्भावना टरेको हो ।

संविधानको धारा ७६ को उपधारा १ बमोजिम बहुमतको प्रधानमन्त्री बनेका ओली यतिबेला माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । अब विश्वासको मत लिन नसकेमा ओली धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री बन्ने रणनीतिमा छन् ।

उनलाई फेरि प्रधानमन्त्री बन्न नदिन धारा ७६ को उपधारा २ बमोजिम नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरणको बहुमतको सरकार बनाउने तयारी भएको छ । त्यस्तो सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्न सक्छन् ।

एमालेका कम्तिमा १५ देखि २१ प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिएर बहुमतको सरकार निर्माणको मार्ग प्रशस्त गर्ने रणनीति बनाइएको छ । सरकारको नेतृत्व देउवाले गर्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्