Logo

प्रधानमन्त्री ओलीलाई ठाकुर र महतोको जवाफ : हामी तपाईँलाई विश्वासको मत दिन्नौं



काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने जवाफ दिएका थिए ।

उनीहरुले विपक्षमा पनि मत नहाल्ने बरु तटस्थ बस्ने कुरा प्रधानमन्त्रीलाई जवाफ दिएको जसपाका एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्नुअघि ठाकुर र महतोले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

उनीहरुले देउवालाई पनि सोही सन्देश सुनाएका थिए । पार्टीले विश्वासको मतको सम्बन्धमा अहिलेसम्म कुनै निर्णय नगरेको देउवालाई उनीहरुको जवाफ थियो । प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा भने ठाकुरले आफूहरुको माग र मुद्दाको सम्बन्धमा के काम भैरहेको छ भनेर सोधेका थिए । बाँकी मुद्दा फिर्तामा किन ढिलाई भएको ? भन्दै चासो राखेका थिए । प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्