काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समूहको तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्न आग्रह गर्दै अन्तिम पत्र पठाएका छन् । उनले त्यसको लागि ६ बुँदे मागसमेत अघि सारेका छन् । ती माग सम्बोधन नभए सांसद पदबाट सामूहिक राजीनामा दिने पनि उल्लेख गरेका छन् ।
पत्रको अन्तिममा लेखिएको छ-“हामीले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको एकताको रक्षा तथा देश, जनता र पार्टीको हितको लागि अगाडि सारेका उपयुत्र्तm कुराहरुलाई गम्भीररुपमा ग्रहण गरी समस्याको समाधानको दिशामा अग्रसर हुन तपाई र तपाई निकट सबै नेता, कार्यकर्ता र सदस्यहरुलाई आव्हान गर्दछौं । हाम्रा उक्त जायज आवाजहरुलाई वेवास्ता गरियो भने तपाई पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ । त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ । यसको लागि पनि जिम्मेवार तपाई नै हुनुहुने छ ।”
हेरौं उनको पत्रः