Logo

बाबुरामले ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण सुनाए



कााठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाई गर्नुपर्ने बताएका छन् । त्यसको कारणपनि उनले सुनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले प्रधानमन्त्री ओली कोरोना नियन्त्रणमा पूर्ण रुपमा असफल भएको, संविधानविपरित संसद विघटन गरेर दुई तिहाई नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको आरोप लगाएका छन्।

उनले लेखेका छन्–\ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै एमालेकै वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीलाई हटाएर कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउनुपर्नेमा नेता भट्टराई सुरुदेखि ने लागिपरेका छन् । यही सन्दर्भमा डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot