Logo

हेलिकप्टरमार्फत उद्धार गरिएको एक कोरोना सङ्क्रमितको मृत्यु



रुकुम (पूर्व), २७ वैशाख : हेलिकप्टरमार्फत उद्धार गरिएको रुकुम (पूर्व) का एक कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु भएको छ । भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आइतबार मृत्यु भएको हो । अवस्था जटिल बन्दै गएपछि अस्पतालले अन्यन्त्र सिफारिस गरेको थियो ।

उनलाई अपराह्न ३ः०० बजे हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पताल लगिएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्