काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी, नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष वा विपक्षमा मतदान गर्ने कि तटस्ट बस्ने भन्नेबारे तीन धार देखिएको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले विश्वासको प्रस्तावमो विपक्षमा मतदान गर्ने भएको छ ।
त्यस्तै, अर्का अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतो भने तटस्थ बस्ने भएका छन् । तर, ठाकुर–महतो पक्षधर सांसदहरुले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । यसले जसपामा तीन धार देखिएको छ ।
हिजो बसेको पदाधिकारी बैठकले नै सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको थियो । विश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने वा नगर्ने भन्ने सवालमा सांसदहरुलाई स्वतन्त्र विवेक प्रयोग गर्न भनिएको थियो । File Photo/ReportersNepal