Logo

विश्वासको मतमा महन्थ तटस्थ, उपेन्द्र विपक्षमा



काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लाग्दा जनता समाजवादी पार्टीको मत बाँडिने भएको छ । अध्यक्ष उपेन्द्र यादवले विपक्षमा मतदान गर्ने बताएका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बस्ने बताएका छन् ।

आज विश्वासको मत लिने विशेष अधिवेशनमा बोल्दै यादवले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले प्रश्न गरे,‘प्रतिनिधि सभा विघटन गर्नेले प्रतिनिधि सभामै उभिएर विश्वासको मत माग्ने ?’

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष दुवैमा नभएको स्पष्ट पारे । उनले आफू तटस्थ बस्ने बताए ।



प्रतिक्रिया दिनुहोस्