एजेन्सी, २७ बैशाख । न्युजिल्यान्डको सुपरमामर्केटमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भिर रहेको जनाएको छ ।
घटनामा सम्लग्न व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । डुडियन शहरको काउंटडाउन सुपर मार्केटमा भएको चक्कु प्रहार पछि उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । घाइतेमध्ये २ जना सुपरमार्केटका कर्मचारी हुन् ।
आतंक मच्चाउनेहरुले व्यापारीहरुलाई आक्रमण गर्न आएको बुझिएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा आर्डनले हमला गर्नुको कारण अनुसन्धान भैरहेको बताएका छन् । तर प्रहरीले भने हालसम्म घरेलु आंतकवादको कुनै प्रमाण भेटेको छैन् ।