Logo

कांग्रेस सुचना तथा प्रविधि विषयगत समितिको विज्ञमा भट्ट नियुक्त



काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सुचना तथा प्रविधि विषयगत समितिको विज्ञको रुपमा गोर्खाका कृष्ण प्रसाद भट्ट मनोनित भएका छन् । नेपाली कांग्रेस केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भट्टलाई मनोनित गरेको हो ।

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधिद्वारा हस्ताक्षर गरिएको मनोनित पत्रमा भनिएको छ, ‘प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, निति निर्देशक तथा विषय संंयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको निति निर्माणमा सहयोग पुरयाउनु् हुनेछ भन्ने विश्वासको साथ नियुक्त हुनु भएकोमा बधाई दिन्छु ।’



प्रतिक्रिया दिनुहोस्