Logo

विश्वासको मतको पक्षमा ९३, विपक्षमा १२४, मत दिन्न भन्ने पक्षमा १५



काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत छ भनी गरेको प्रस्तावमा ९३ मत परेको छ । विश्वासको मतको विपक्षमा १२४ मत परेको छ । बहुमत नपुगेपछि विश्वासको मत असफल भएको छ ।

विश्वासको मतको पक्षमा मत दिन्न भन्ने पक्षमा १५ मत परेको छ । यो जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधरको मत हो । ३९ जना सांसद अनुपस्थित भए ।

प्रधानमन्त्री ओलीलाई नेकपा एमालेका आफूपक्षीय सांसदहरुले मात्र मतदान गरेका थिए । माधव नेपाल समूहका सांसदहरु मतदानमा अनुपस्थित भए ।

प्रस्तावको विपक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका उपेन्द्र यादव समूहका सांसदहरुले मतदान गरेका थिए ।-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्