Logo

आज १ सय ३९ संक्रमितको मृत्यु



काठमाडौं, २७ बैशाख । आज कोरोना संक्रमणबाट थप १ सय ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३८ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २६ लाख ५२ हजार १ सय ३० जनाको पिसीआर परिक्षण भएको छ भने ९३ हजार १ सय ४१ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ४२७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्