Logo

फस्ट माइक्रोफाइनान्सको संस्थापक शेयरको बोलपत्र आज खोलिने



काठमाडौं, २८ बैशाख । ८१ हजार ५०० कित्ता संस्थापक शेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज खोल्ने भएको छ । संस्थाको अनुसार प्र्राप्त बोलपत्र मंगलबार ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा खोलिने भएको हो ।

कम्पनीले चैत २३ गतेदेखि बैशाख २५ गतेसम्म ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त शेयर विक्रीका लागि बोलपत्र आव्हान गरेको थियो । प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँदेखि अधिकतम सबै शेयरमा बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँड हुनेछ ।



प्रतिक्रिया दिनुहोस्