Logo

नेपालमा कोरोनाले भयावह रुप लिदै, देशभर १ हजार ८४ जनाको आईसीयुमा उपचार हुँदै



काठमाडौं, २९ बैशाख । नेपालमा हालसम्म ४ लाख १३ हजार १११ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ३ लाख १२ हजार १९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो निको हुने दर ७५.५ प्रतिशत हो । त्यस्तैगरी, देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर १ हजार ८४ जना कोरोना संक्रमितको र्आइसीयुमा उपचार भैरहेको मन्त्रलायले जनाएको छ । बाग्मती प्रदेशमा सबैभन्दा धेरै ५२९ जनाको आईसीयु र १८४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १५ जना संक्रमितको भेन्टिलेटर र २१ जनाको आइसीयुमा उपचार भैरहेको छ । त्यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १५ जनाको भेन्टिलेटर र २१ जनाको आइसीयुमा उपचार भइरहको छ । मन्त्रालयको तथ्यांक अनुसार पाटन अस्पताल, ललितपुरमा १४ जनाको भेन्टिलेटर र १३ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

यसैगरी, प्रदेश १ मा पनि १२७ जनाको आईसीयु र २९ जनाको भेन्टिलेटरमा उपचार हुँदैछ । मन्त्रायलको अनुसार कर्णाली प्रदेशमा १०२ जनाको आईसीयु र ८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । प्रदेश २ मा ३७ जनाको भेन्टिलेटर र ६० जनाको आईसीयुमा उपचार भैरहेको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेमा २४ जना आइसीयु र ८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । गण्डकी प्रदेशमा ११ जनाको भेन्टिलेटर र ८२ जनाको आईुसीयुमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्