Logo

जसपा सांसद यादवको दाबी : पार्टीले बहुमतले देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरिसक्यो (भिडिओसहित)



काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले आफ्नो पार्टीले बहुमतको आधारमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको जनाएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र छलफल भएर नै निर्णय गरिएको सुनाए । पार्टीमा आएर महन्थ ठाकुर र राजेन्द्र महतोले कुरा नराखेको तर व्यक्तिगत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ गएको उनको आरोप छ । उनले पार्टीमा बहुमतले गरिएको निर्णय सबैले मान्नुपर्ने बताए ।

उनले पार्टी प्रणालीमा हिँड्ने विश्वास दिलाए । आफूहरुसँग १७ जना सांसद रहेको भन्दै बहुमतले गरेको निर्णय सबैले मानेर जानुपर्ने यादवको भनाई छ । हेरौं यादवसँगको कुराकानी:

 



प्रतिक्रिया दिनुहोस्