Logo

विभाजन हुँदै एमाले, प्रत्यक्ष निर्वाचित सांसद को कता (नामावलीसहित)



काठमाडौं, ३० वैशाख । नेकपा एमालेको विभाजन रोक्ने अन्तिम प्रयास चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाललाई मिलाउन उनीहरु निकट नेताहरु अन्तिम प्रयासमा लागेका हुन् । यतिबेला दुवैतर्फका एकतामा सक्रिय नेताहरु दौडधूपमा छन् ।

केही घन्टाभित्र सहमति नबने नेकपा एमाले विभाजित हुनेछ । माधवकुमार नेपाल पक्षधर २० प्रत्यक्षनिर्वाचित र केही समानुपातिकतर्फका सांसदहरु राजीनामाका लागि तयार भएका छन् । यसअघि नेपाल समूहमा राजीनामाका लागि तयार देखिएका २२ मध्ये २ जना ओलीपक्षमा गएका थिए ।

माधव नेपाल समूहका २८ सांसदले सामूहिक राजीनामाका लागि पत्र तयार गरेकामा २० जना प्रत्यक्षतर्फ निर्वाचित हुन् ।

अहिलेसम्मको अंकगणितमा एमालेभित्र कुल १२१ सांसद छन् । प्रत्यक्ष निर्वाचित कुल ७९ सांसदमध्ये ओली समूहमा ५९ जना देखिएका छन् । नेपाल समूहमा २० जना छन् । ओलीलाई अल्पमतको प्रधानमन्त्री बन्नबाट रोक्न यो राजीनामा रणनीतिक हो ।

ओली पक्षीय प्रत्यक्ष निर्वाचित सांसद
केपी शर्मा ओली
सुवासचन्द्र नेम्वाङ
इश्वर पोखरेल
कृष्ण गोपाल श्रेष्ठ
कृष्णबहादुर राई
कृष्णभक्त पोख्रेल
केदार सिग्देल
खगराज अधिकारी
खेमप्रसाद लोहनी
गणेशसिंह ठगुन्ना
गोकुल प्रसाद वाँस्कोटा
गोपाल बहादुर बम
घनश्याम खतिवडा
छविलाल विश्वकर्मा
जगतबहादुर सुनार
तिलबहादुर महत क्षेत्री
दलबहादुर राना
दामोदर भण्डारी
धनबहादुर बुढा
ध्रुवकुमार शाही
नन्दलाल रोका क्षेत्री
नरबहादुर धामी
नवराज रावत
नवराज सिलवाल
नारद मुनि राना
नारायणप्रसाद मरासिनी
पदम गिरी
पद्या कुमारी अर्याल
पार्वत गुरुङ
पोल्देन छोपाङ गुरुङ
प्रदीप कुमार ज्ञवाली
प्रेम प्रसाद तुलाचन
प्रेम बहादुर आले
बृजेश कुमार गुप्त
भानु भक्त ढकाल
भुपेन्द्र बहादुर थापा
भुमि प्रसाद त्रिपाठी
भैरव बहादुर सिंह
महेश बस्नेत
यज्ञ बहादुर बोगटी
रघुबीर महासेठ
रवीन्द्रराज शर्मा
राजबहादुर बुढाक्षेत्री
राजेन्द्रकुमार राई
राजेन्द्र प्रसाद गौतम
रामबिर मानन्धर
लालप्रसाद साँवा लिम्बू
लालबहादुर थापा
लालबाबु पण्डित
लिलानाथ श्रेष्ठ
वसन्तकुमार नेम्वाङ्ग
विशाल भट्टराई
विष्णुप्रसाद पौडेल
शेरबहादुर तामाङ
सुर्यप्रसाद पाठक
हिराचन्द्र केसी
हृदयेश त्रिपाठी

कृष्णप्रसाद दाहाल

नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
माधवकुमार नेपाल
झलनाथ खनाल
भीम रावल
सुरेन्द्र पाण्डे
योगेशकुमार भट्टराई
यज्ञराज सुनुवार
विरोध खतिवडा
कृष्णलाल महर्जन
सोमप्रसाद पाण्डे
गोकर्णराज बिष्ट
घनश्याम भुसाल
दिपकप्रसाद भट्ट
झपटबहादुर रावल
गणेशकुमार पहाडी
जयकुमार राई
जीवनराम श्रेष्ठ
मेटमणि चौधरी
नारायणप्रसाद खतिवडा
पवित्रा निरौला खरेल
भवानीप्रसाद खापुङ



प्रतिक्रिया दिनुहोस्