काठमाडौं, ३० बैशाख । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत वर्ष ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको टेलिकमले चालु आवमा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ मात्र खुद मुनाफा गरेको हो । यो गत वर्षको तुलनामा २२ प्रतिशतले कमी हो ।
कम्पनीको कुल आम्दानी गत वर्षको तुलनामा १ अर्बले घटेर ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख गरिएको छ । ८२ अर्ब ९६ करोड रुपैयाँ जगेडा कोषमा सुरक्षित राखेको कम्पनीको हाल १५ अर्ब चुक्तापुँजी रहेको छ । गत वर्षको तुलनामा जगेडा कोष रकम भने ८ प्रतिशतले बद्वि भई ८२ अर्ब ९६ करोड ४९ लख १४ हजार रुपैयाँ पुगेको छ ।