Logo

आरएमडिसी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामी विक्रिमा



काठमाडौं, ३० बैशाख । आजदेखि आरएमडिसी लघुवित्त वित्तीय सस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । सस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर लिलामाीमा ल्याएको हो ।

शेयर लिलामीमा संस्थापक, कम्पनी, संघसंस्था वा व्यक्तिले जेठ १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने संस्थाले जनएको छ । प्रतिकित्ता शेयरमुल्य ४१६ रुपैयाँ तोकिएको हुनाले शेयर खरिद गर्न सो मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल गर्न सक्नेछन् । संस्थाको अनुसार न्युनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताको लागि खरिदकर्ताहरुले आवेदन दिन सक्नेछन् । संस्थाले शेयर विक्रि तथा प्रबन्धकको जिम्मा एनआईसी एशिया क्यापिटललाई दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्