काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन् । माधवकुमार नेपालसँग निर्णायक वार्ताका लागि उनी बालुवाटारबाट निस्किएका हुन् ।
प्रधामन्त्री ओली २ बज्नै लाग्दा निस्किएका हुन् । ओली र नेपालबीच एमालेको एकता जोगाउन निर्णायक वार्ता तय भएको छ ।
यसअघि ओलीले टेलिफोन वार्ता गरी नेपालसँग वार्ता तय गरेका थिए । यो भेटलाई चासोका साथ हेरिएको छ ।
ओलीले २० एमालेका प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामाबाट रोक्न प्रयासस्वरुप सहमतिको सुत्रका लागि छलफल बढाएका छन् ।
आजै राष्ट्रपति भण्डारीले बहुमतको सरकार निर्माणका लागि गरेको आव्हानको समय सकिदैछ । यस्तो अवस्थामा ओलीको सक्रियता अर्थपूर्ण छ ।
–तस्बिरः मुकुन्द कालिकोटे