Logo

माधव नेपाल पक्ष सांसदहरुले राजीनामा नदिएसम्म कांग्रेसले सरकारको दाबी नगर्ने



काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा (एमाले) को माधव नेपाल पक्षधर सांसदहरुले राजीनामा नदिएसम्म सरकारको दाबी नगर्ने भएको छ । अहिले भर्खरै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

पदाधिकारी बैठक बस्नुअघि सभापति देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । तर, एमाले वरिष्ठ नेता नेपाल भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्तामा सरिक छन् । व्यवसायी रामेश्वर थापाको निवासमा ओली र नेपालबीचको भेटवार्ता जारी छ ।File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्