काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओलीले दलहरुसँग विश्वासको मत मागिरहेको बताउँदै विश्वासको मत नपाए मुलुक चुनावमा जाने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अब संसदमा विश्वासको मत नपाए मुलुक निर्वाचनमा नै जाने उनको भनाई छ । उनले जनता समाजवादी पार्टी, नेपाललाई सरकारमा ल्याउनको लागि प्रयत्न भैरहेको पनि सुनाए । माधव नेपाल पक्षधर नेताहरुले अब एमालेमै फर्कने भनेर रियलाईजेशन गरेकोले नै सहमति भएको उनको टिप्पणी छ ।