Logo

भुटानबाट भारतलाई दैनिक १० हजार सिलिन्डर अक्सिजन



एजेन्सी, २ जेठ । कोरोना भाइरसको महामारीसँग जुधिरहेको भारतले भुटानबाट महत्वपूर्ण साथ पाउने भएको छ । भुटानबाट भारतलाई दैनिक १० हजार सिलिन्डर अक्सिजन प्राप्त हुने भएको हो ।

मेडिकल अक्सिजनको अभाव खेपिरेहको भारतमा जुन महिनाबाट दैनिक ४० मेट्रिक टन अर्थात् १० हजार सिलिन्डर अक्सिजन प्राप्त हुने इन्डियन एक्सप्रेसले लेखेको छ । भारतको आसामबाट ७ किलोमिटर टाढा भुटानमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन भारतमा लगिने भएको हो ।

एस डी क्रियोजेनिक्स ग्यासेसबाट लिक्विड अक्सिजन उत्पादनको वातावरण तयार गर्नमा भारतको विदेश मन्त्रालयले समेत भूमिका निभाएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । उक्त कम्पनीमा ५१ प्रतिशत लगानी भुटानीको रहेको छ । यसमा भुटानको राजाको समेत प्रत्यक्ष निगरानी रहेको उल्लेख छ ।-तस्बिर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot