काठमाडौं, ३ जेठ । राधी जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ०७६/७७ को मुनाफाबाट हाल भएको ४७ करोड ३५ लाख ५०० चुक्तापुँजीको आधारमा ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्तावित गरेको लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरले पाउने भएका छन् ।