Logo

प्रदेशवासीको ज्यान बचाउन कुनै कसर बाँकी राख्दैनौं, प्रधानमन्त्री र उपप्रधानमन्त्रीको फोन नै उठ्दैन : मुख्यमन्त्री राउत (भिडिओसहित)



प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारले आफूहरुलाई सहयोग नगरेको गुनासो पोखेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका छन् संघीय सरकराले समन्वयको कुरा छोडिदिनुहोस्, केही प्रयास नै गरेको छैन । हामीहरु अहिलेसम्म ८ वटै जिल्लामा भईरहेका पिसिआर टेस्टका कुराहरु होउन, वा त्यहाँ अक्सिजन सप्लाईका कुराहरु होउन्, त्यहाँ गर्ने विभिन्न खालका सहयोगका कुराहरु होउन, केही पनि गरेको छैन् । प्रस्तुत छ मुख्यमन्त्री राउतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोनाको कारणले प्रदेश नम्बर २ को जनजीवन तहसनहस भयो रे, होईन ?

अब विश्वव्यापी यो महामारीको कारणले पुरै संसार नै यो समस्यामा रहेको अवस्थामा अब हाम्रो मुलुकमा पनि त्यो अवस्था रहेकोले प्रदेश नम्बर २ अछुतो रहन सक्दैन् । जहाँसम्म प्रदेश दुईको कुरा छ, विभिन्न कारणले पनि जस्तै भूगोलको कारण हुनसक्छ । बढी जनघनत्वको कारणले हुनसक्छ । अरु पूर्वाधारको कारण्ले गर्दापनि अरु ठाउँभन्दा अलि यहाँ धेरै भएको छ । र, अरुभन्दा फरक छ । र अलि बढी नै गम्भीरजस्तो छ ।

त्यहाँको अवस्था के छ ? अहिलेसम्म कति जनाको ज्यान गयो ? संक्रमित कति छन ?

अब दिनहुँ मर्ने क्रम जारी छ । कुनै विरगंजको नै कुरा गर्ने हो भने हरेक दिन १०, १२ जना मरिराखेका छन । प्रदेश नम्बर २ मा २५ देखि ५० जना दिनहुँ मरेको अवस्था छ । यो एकदमै भयावह अवस्था छ । त्यसैले संक्रमितकै कुरा गर्ने हो भने आजैनै सबै भन्दा बढि आजै छन् । आज छ सय भन्दा बढि छन । नौँ हजार भन्दा बढी संक्रमितको अवस्था छ । त्यसैले यो अवस्था हेर्दाखेरि अब निश्चित् रूपमा यहाँको भुगोल जनसंख्यालाई हेर्दाखेरि अलि बढी नै संघीय सरकार होस् या प्रदेश सरकार होस बढी नै ध्यान जानुपर्ने अवस्था छ ।

त्यसोभए यहाँको सरकार महामारी नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्यो भन्दा हुन्छ त ?

प्रदेश दृुई त रेडी छ । प्रदेश दुई त दिनहुँ बैठक गरिरहेको छ । यो दुर्भाग्य छ कि प्रदेश दुईले आजपनि सीसीएमसीको बैठक बोलाएको छ । अस्तिपनि हामीले बैठक बोलाएर निर्णय गराएका छौँ । सुरक्षा निकायदेखि हरेक जिल्ला प्रशासन र हरेक अस्पतालमा भन्टिलेटरलगायतका अत्यावशयक स्वास्थ्यसामग्रीको लागि हामी सहयोग गर्दैछौं । आवश्यक जनशक्ति त हाामीसंग पहिले पनि थिएन । पहिलेदेखिनै पुरै अस्पताल खाली थियो । जनशक्ति भर्नेदेखि लिएर आवश्यकतानुसार नयाँ जनशक्ति थपेर पनि काम गराउने अवस्थामा हामी अहिले पुगेका छौँ । हामीहरु पटक पटक यही कुरा भन्दैछौँ । कुनैपनि किसिमले हामीसंग भएका स्रोत र साधन र जुन किसिमका हामीसंग गर्नसक्ने क्षमता छ । त्यो किसिमको त्यस किसिमबाट यो प्रदेशवासीको ज्यान बचाउनमा कुनैपनि किसिमको कसर बाँकी राख्दैनौँ ।

तपाँईहरुले अन्तर्राष्ट्रिय समूदायलाई गुहार्नुभएको छ नि ? किन ?

यो देशमा दुर्भाग्य यही छ । संघीय सरकार छ कि छैन हाम्रो प्रदेश २ को लागि ? मलाई त बुझ्नै गाह«ो छ । अहिलेसम्म कुनैपनि सम्बन्धित निकायले त्यहाँको अवस्था के छ ? कस्तो छ, के गर्दाखेरि उचित हुन्छ ? भनेर सोधेका छैनन् । चाहे देशको जुनसुकै होस् । कुनै पनि सीसीएमसीका कुराहरुदेखि लिएर सम्बन्धित मन्त्रालयले गर्नुपर्ने कुनैपनि कुरामा केही गरेको देखिएन । हन त मैले माननीय मन्त्रीज्युलाई कन्ट्याक्ट गरेर आफ्ना गुनासाहरु राखेको छु । सुुन्न त सुन्नुहुन्छ । त्यो पनि अब भारतमा देशकै प्रधानमन्त्रीले भर्चुअल मिटिङ गरेर देशको अवस्था के छ भन्नुभएको छ, तर यहाँ त त्यो केही पनि छैन । हिजो मात्रै सुनिएको छ । नारायणीमा ८० लाख र राजविराजमा ३ करोड ८० लाख पठाइएको भन्ने सुनिएको छ । त्योभन्दा पहिले कुनै पनि निकायले कुनै पनि तरिकाले सहयोग गरेका छैनन् ।

त्यसोभए तपाँईसंग संघीय सरकारले अहिलेसम्म समन्वय गरेको छैन हो ?

छ्रैन । समन्वयको कुरा छोडिदिनुहोस् केही प्रयास नै गरेको छैन । हामीहरु अहिलेसम्म आठ वटै जिल्लामा भईरहेका पिसिआर टेस्टका कुराहरु होउन्, यहाँ अक्सिजन सप्लाईका कुरा होउन, वा त्यहाँ गर्ने विभिन्न खालका सहयोगका कुराहरु होउन् वा चाहे सीसीएमसीका सदस्य रहेका प्रमुख जिल्ला अधिकारिलाई गर्ने सहयोगका कुराहरु होउन् । हामी जम्मै गर्दै आएका छौँ । अस्तिमात्रै हामीले साँढे सत्र करोडको अहिले चाहिने रेम्ठीभिसिएरको आवश्यकता छ । जुन पाउन गाह«ो छ । त्यसलाई हामीले कसरी व्यवस्था गर्ने, पचास हजार पीसीआर हरेक जिल्लामा छ । त्यसको दायरालाई बढाउनुपर्छ । त्यसको लागि पनि हामी प्रक्रियामा लागेका छौं । अहिले ५० हजार चल्दैछ फेरिपनि हामी त्यसअनुसार खरिद गर्ने प्रक्रिया हामीले अगाडि बढाईसकेका छौँ । चीनबाट भेन्टिलेटर आउँदैछ । र, अस्तिमात्रै विरगञ्जमा गएर मैले दुई वटा भेन्टिलेटर हस्तान्तरण गरेको छु । भेन्टिलेटर सञ्चालनमा दुर्भाग्य के छ भने यो सन्चालन गर्ने म्यानपावर छैन । हामी छोटो प्रक्रियाबाट यो म्यानपावर कहाँबाट हुन्छ त्यो सञ्चालन गर्ने प्रक्रिया पनि हामीले अगाडि बढाएका छौँ । अहिले तपाईँलाई भन्नुपर्दा पहिलेको मनिपाल अहिले पहिलेजस्तै लथालिङक र भताभुङग अवस्थामा छन । त्यहाँ हामीहरुले कोभिड अस्पताल हामीले बनाईराखेका छौँ । यो आवश्यकतालाई हेरेर, मैले किन अन्तराष्ट्रियलाई गुहारेको भन्दाखेरि हुन त हामीहरुले अब अक्सिजन प्लान्टको लागि गरिसकेका छौँ । अहिले दिनहुँ कोभिडका विरामीहरुले अक्सिजनविना जुन खालको अवस्थाको सामना गरिरहेका छन । अहिले अक्सिजनको लागि पनि हामीहरुले देखेकै छौँ । हाम्रो यहाँ नै नपुग छ । संक्रमित कुनै न कुनै माध्यमबाट अन्य जिल्ला गैरहेका छन । हामीहरुले अन्य जिल्ला नजाओस् भन्न खोजेको होईन । हामीले चाहीँ कोहीसंग यदि लाईभ सेभिङको सवाल छ भने जानुपर्छ । तथापी यहाँनिर ध्यान दिनुपर्छ की संक्रमण बढी भएकोले यहाँ नै हामीले ध्यान दियौँ भने बढी उपयुक्त हुन्छ । हाम्रो आवश्यकता फुलफिल छ । हामी हामीलाई कसरी बचाउन सक्छौ भनेदेखि हामी आफैंसंग बचेर हाम्रो अरु मुलुकका दाजुभाई दिदि बहिनीलाई बचाउनको लागी सहयोग गर्नुपर्छ । तथापी हाम्रो जुन प्रोडक्सन पहिलेदेखिनै छ । अस्तिमात्रै हाम्रो नयाँ अक्सिजन पलान्ट त्यहाँ पनि हामी गएर छिटोभन्दा छिटो सञ्चालन गर भनेर हामी भन्दैछौँ । विभिन्न अक्सिजन प्लान्टका कुराहरु गर्दैछौं । तर, विभिन्न दातृ निकायहरुको पनि कुरा के छ भने जे आउँछ काठमाडौँमा राख्न लगाउने त्यहाँ चाहीँ सडोस गलोस त्यो काम नलाग्ने जस्तो हास् । प्रदेशमा वास्ता नगर्ने त्यसमा पनि प्रदेश २ यस्तो लाग्छ कि यो मुलुकभित्रकै यो होईन जस्तो व्यबहार गरेको छ । कुनै दातृ निकायले गर्न खोज्दा पनि उसलाई डिस्करेज गरिन्छ । कुनै पनि ठुला ठुला उद्योगीहरुमा म सुन्छु । सरकारलाई रिझाउनको लागि फकाउनको लागि जहाँ जहाँ सबै स्रोत साधन छ । त्यहाँ त्यहाँ उनीहरु दिने गर्छन । ठुल ठुला उद्योगपति पनि सरकारको चाकडीबाहेक अरु केही पनि गर्दैनन् । ती चाकडीबाजहरु प्नि उनीहरुकै निर्देशन अनुसार काम गर्छन । मुलुकमा यति धरै उद्योगीहरु छन प्रदेश दुईमा केही गर्नै चाहँदैनन् । यसबाट के देखिन्छ भने सुरुदेखि नै सरकारको मानसिकता के छ भने प्रदेश नम्बर २ लाई सहयोग गर्नुभन्दा असहयेगकै बातावरणतिर देखिन्छ । त्यसैले हाम्रो सिमित साधन र हाम्रो स्थानीय प्रशासन सबैलाई म धन्यबाद दिन्छु । हाम्रो स्थानीय प्रशासनलाई जो यहाँ छन उहाँहरु चाहीँ काममा खटि राख्नुभएको छ । हामीसंग खट्ने काम गरिराखेका छन ।

तपाँईले किन डिल गर्न सक्नुभएन ? किन तपाईँ लाचार बन्नुभयो त ?

हामी कसलाई डिल गर्ने हो र ? सम्बन्धित मान्छेले फोन उठाउनु परेन ? फोन गर्दापनि फोन उठ्दैन् । हामी कोसंग डिल गर्ने हो, यो मुलुकमा ?

प्रधानमन्त्रीलाई तपाँईले फोन गरेर भन्न सक्नुहुन्न ?

प्रधानमन्त्रीलाई उहाँको सचिवालयमार्फत प्रयास नगरेको थोरै हो र ? फोन उठ्दैन भनेपछि के गर्ने ?

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई फोन गर्नुभएन ?

मैले उहाँलाई पनि फोन गरेको थिएँ । उहाँको पनि फोन उठ्दैन् । त्यसैले अब उहाँहरु हुनसक्छ होला मिटिङमा रहनुभएको होला त्यसमा कुनै कमेन्ट छैन ।



प्रतिक्रिया दिनुहोस्