Logo

गोकुल बाँस्कोटाले घुमाउरो तरिकाले चेतावनी दिदै उठाए ‘एमालेको सुरक्षित जीवनका चासो’



काठमाडौं, ५ जेठ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको भोलि हुन गइरहेको चुनावबारे उल्लेख गर्दै पार्टीको सुरक्षित जीवनको चासोबारे उल्लेख गरेका छन् । आज ट्वीट गर्दै उनले बागमती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिने चुनावको काण्डडाउनभन्दा बढी एमालेको सुरक्षित जीवनको चासोको विश्लेषण गर्नु वस्तुष्ठि हुने तर्क गरेका छन् ।

निर्वाचन आचारसंहितालाई दृष्टिगत गरी बाँस्कोटाले घुमाउरो तरिकाले चेतावनी समेत दिएका छन् । उनले राष्ट्रिय सभाको चुनावको काण्ड डाउनलाई एमालेको सुरक्षित जीवनसँग जोडेर त्यसको विश्लेषण गर्न भनेका छन् ।

एमालेभित्रको प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई मतदान गर्न अपिल, आग्रह र चेतावनी एकसाथ दिइरहेको छ । बादलको उम्मेदवारीलाई ओलीले प्रतिष्ठाको विषय बनाएका छन् । त्यहाँ आउने नतिजाले एमालेभित्र ओली र नेपाल समूहको एकता वा बिग्रहको समेत निक्र्यौल गर्ने विश्लेषणहरु भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्