Logo

‘उद्योग व्यवसाय पुनः प्रभावित हुनसक्छ’: राष्ट्र बैंक



काठमाडौं, जेठ ६ । विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुनसक्ने नेपाल राष्ट्र बैंकको निचोड छ । केन्द्रीय बैंकले बुधवार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’सम्बन्धी दोस्रो पुनरावृत्तिको सर्वेक्षण प्रतिवेदनले यस्तो निचोड निकालेको हो ।

पछिल्लो सर्वेक्षण नतीजाले २०७७ असारको तुलनामा २०७८ वैशाख १४ गतेसम्ममा करीब औसत ८१ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा आएकाले उल्लेख्य सुधार भएको देखाएको छ । तर, निषेधाज्ञा र कोरोना संक्रमण बढ्दै जाँदा उद्योगहरू पुनः प्रभावित हुन सक्ने राष्ट्र बैंकको आकलन छ ।

औसत ४ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालन हुन सकेका थिएनन् भने १४ दशमलव ६ प्रतिशत आंशिक रूपमा सञ्चालनमा रहेका थिए । यो सर्वेक्षणको नतिजा अवधिलगत्तै अर्थात् वैशाख १६ गतेदेखि कोभिड–१९ महामारीको दोस्रो लहरले अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेकाले फेरि अर्थतन्त्र प्रभावित हुनसक्ने राष्ट्र बैंकको ठहर छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्