Logo

कोभिड उपचारमा प्लाज्मा थेरापी नगर्ने भारतीय निर्णय



काठमाडौं, जेठ ६ । भारतले कोभिड–१९ का बिरामीको उपचारमा प्रयोगमा ल्याएको प्लाज्मा थेरापी विधि सोमबारदेखि हटाएको छ। बायोमेडिकल रिसर्चसम्बन्धी भारतको सर्वोच्च संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को गत साता सम्पन्न बैठकमा सहभागी सबै सदस्य कोरोना उपचारमा हाल अवलम्बन गरिएको कोभालेसेन्ट प्लाज्मा विधि हटाउन सहमत भएका थिए।

कोभिड–१९ का बिरामीको उपचारमा यो विधि निष्प्रभावी तथा कतिपयका लागि अनुपयुक्त रहेकाले प्रयोग नगर्ने निर्णय भएको भारतीय दैनिक टाइम्स अफ इन्डियाले जनाएको छ। यो निर्णयसँगै कोभिड–१९ का बिरामीको उपचारका लागि बनेको क्लिनिकल व्यवस्थापन निर्देशिकाबाट यो विधि हटाइएको छ।

आइसिएमआरका एक अधिकारीले पछिल्ला दिनमा भएका अध्ययनबाट यो विधि वैज्ञानिक नभएको देखिएको बताए। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्