काठमाडौं, ६ जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । संस्थाले शेयरको न्युनतम मुल्य १ हजार २२ रुपैयाँ तोकेर ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो ।
शेयर खरिद गर्दा १२ सय २२ रुपैयाँ शेयरको न्युनतम मुल्य तोकिएको हुनाले सो मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । संस्थाको अनुसार शेयर खरीद गर्न संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले जेठ ३० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् । शेयर विक्री प्रबन्धकमा संस्थाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।